
काठमाडौँ, ११ बैशाख । शेयर बजार आज सोमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७१ अङ्कले बढेर १ हजार ८८८ दशमलव ३२ विन्दुमा पुगेको छ ।
आज बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । यसदिन २७० वटा कम्पनीका २२ लाख ६० हजार कित्ता शेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहबाहेकका समूहको शेयर बढ्दा जीवन बीमा, उत्पादन र विकास बैंक समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको ८ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे