
काठमाडौँ, वैशाख १० | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नम्बर–२ का उमेदवार रवि लामिछानेले मतदानलाई शान्तिपूर्वक सम्पन्न गर्न आग्रह गरेका छन् ।रवि लामिछानेले आफ्ना समर्थकमाथि योजनाबद्ध हमला गरिएको जिकिर समेत गरेका छन् ।
फेसबुक लाइभमा लामिछानेले अरू पार्टीका उमेदवारलाई संयमित हुन आग्रह गर्दै आफू मतदान स्थलमा पुग्दा केही नाराबाजी र ग्रीड गर्ने काम भएको बताए छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो ।
रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।
दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे