
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्। रास्वपाले आयोजना गरेको महाधिवेशनमा शुभकामना मन्तव्य दिन सभापति थापा स्वयं उपस्थित हुने उनका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिएका छन्।
सभापति थापाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत पनि रास्वपाका सभापति रवि लामिछाने तथा पार्टीलाई महाधिवेशन सफलताको शुभकामना दिएका थिए।
संसदमा प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको रास्वपाको महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट सभापतिको प्रत्यक्ष सहभागितालाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
अन्य दलहरूले महाधिवेशनमा दोस्रो वा तेस्रो तहका नेताहरू पठाउने तयारी गरिरहेका बेला कांग्रेसले भने पार्टी सभापतिलाई नै सहभागी गराउने निर्णय गरेको हो। यसले पछिल्लो राजनीतिक संवाद र दलहरूबीचको सम्बन्धलाई समेत संकेत गर्ने विश्लेषण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे