
काठमाडौँ, वैशाख १० | मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।आयोगको अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा आज स्पष्टीकरण सोधेको हो ।
आयोगले बारा–२ मा उपनिर्वाचन भइरहेको अवस्थामा सरकारी सवारी साधनको प्रयोग गरी पचरौता नगरपालिका क्षेत्र गएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे