
काठमाडौं , १० बैशाख । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारको भन्दा ५ रूपैयाँले घटेर चाँदी प्रतितोला एक हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे