
काठमाडौँ, वैशाख १० | बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।
सडकबाट निकै तल खसेको बस खोंचमा अड्किएको छ । बसमा कति यात्रु थिए भन्नबारे भने खुलसा भइसकेकाे छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे