
काठमाडौँ , १४ चैत |यसै साता काठमाडौँमा रहेको सक्सेस एब्रोड स्टडीले जापान अध्ययनका लागी भर्खरै भिजा लागेका बिध्यार्थीहरूलाई फेयर वेल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा जापानका अपरेटर हेड डोल बहादुर थापा मगरले उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै आफूले जापानमा भोगेका समस्यालाई र जापानमा अध्ययन जाने विद्यार्थीलाई त्यहाँको रहनसहन, खानपान, सिपको वारेमा जानकारी प्रदान गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै सिटी एक्सप्रेसका डेपुटी जनरल म्यानेजर समुन्द्र श्रेष्ठले सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई आफूले मिहिनेत गरी कमाएको पैसा सिटी एक्सप्रेसबाट पठाउन आग्रह गर्नु भएको थियो त्यस्तै गरि ईस्टव्रिज जापानका डेपुटी जनरल शोभान सिङ खड्काले शैक्षिक परामर्श प्रदान गर्दै जापानमा सिम कार्ड प्रयोग बारेमा चर्चा गर्नु भएको थियो।
फेएर वेल कार्यक्रममा जुपिटर मिडियाका डाइरेक्टर सुनील आचार्यले जापान जाने ऊपस्थीत विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै आफ्नो उच्च व्यक्तीत्व विकास गर्नका लागी आफ्नो लक्ष्य प्रती केन्द्रीत गर्न आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा वनेपा शाखाका प्रबन्ध निर्देशक उद्धव प्रसाद तिमल्सिनाले सक्सेस एब्रोड स्टडीको वारेमा विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आऊने दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी प्रदान गर्नु भयो।
कार्यक्रममा सांस्कृतिक नृत्य ,गायन प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनत्मक भएको थियो ।
सक्सेस एब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईले विद्यार्थीहरुलाई ऊज्वल भविष्यको कामना गर्दै उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे