
काठमाडौँ, चैत ७ । पश्चिमी वायुको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भई रहेको महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ। देशका अधिकांश ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थान र तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग , हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे