
धनुषा , फागुन २१ । धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा चालक रामएकवाल ठाकुर र सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्करबाट गम्भीर घाइते उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
दुर्घटना गए राती ९ बजे भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे