
काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामि जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको हो ।
पार्टीका प्रवक्ता तथा महामन्त्रि मुकुल ढकालले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १४ देखि प्रादेशिक भेला गर्ने उल्लेख छ। २०७९ को प्रदेशसभाको निर्वाचन बहिष्कार गरेको रास्वपाले प्रदेश समतिहरुको पुनर्गठन गर्ने कार्यक्रम तय गरेको छ ।
यसअनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ। माघ १६ गते मधेश प्रदेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा र माघ २४ गते लुम्बिनीको दाङमा भेला गर्ने ढकालले जनाएका छन्। यस्तै माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा भेला हुनेछ।
त्यस्तै, पार्टीको विधान बमोजिम विभिन्न केन्द्रीय आयोग, विभाग तथा समितिहरु पनि गठन गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे