
काठमाडौँ, माघ ६ । सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ। प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।
कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह गर्नुपर्ने थियो। तर ती दलका नेताहरूले मत माग्नेभन्दा पनि घोचपेचमै धेरै समय खर्चिए। कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी ओलीले गरेको ‘ढोक्सा’को विषयमा प्रतिवाद गरे। ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताएका थिए।
सभामुखमा उम्मेदवारी दिएकी कांग्रेसकी न्यौपानेका प्रस्तावक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्ने योजना पनि छैन। तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु।’आजको नागरिक दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे