
काठमाडौँ, ३ माघ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए ।
प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको थियो । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।
जमकट्टेलले प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री नियुक्त हुँदा जमकट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन ।
अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे