
काठमाडौँ, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो ।
सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । गोतमलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेको थियो।
प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे