
काठमाडौँ, २२ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको कार्यदलल बैठकले साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तयार पारिएको न्यूनतम साझा कार्यक्रम शनिबार (भोलि) सार्वजनिक गरिने भएको छ ।उक्त मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले जानकारी दिएका छन्।
शीर्ष तहबाट अध्ययनपश्चात् आवश्यक थपघट गर्नुपरेमा थपघट गरेर सार्वजनिक गरिने ढकालले बताए।साझा कार्यक्रममा सवै दलहरुको एजेण्डालाई समावेश गरिएको र मुलुक र देशको हितका लागि नै कार्यक्रम तयार भएको उनले बताए।
न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण,स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।जसअन्तर्गत् धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ ।
पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे