
काठमाडौँ , १६ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री रवि लामिछानेबिच भेटवार्ता भएको छ । स्रोतका अनुसार भेटवार्ता नागरिकको सहज पहुँच, नागरिकता विधेयक, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता, चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारी, नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउने विषयमा छलफल भएको छ ।
गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको छ। गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे