• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २७, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१ दिन अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१ दिन अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१ दिन अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

१ दिन अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

१ दिन अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१ दिन अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१ दिन अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१ दिन अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१ दिन अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

२ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

२ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
राससप्रकाशित मिति: २०७९ पौष १४, बिहिबार (२ साल अघि)

२५ बैंकले ४ अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

  • 2,910 Views
  • काठमाडौं , १४ पुस । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो ।

    ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय बैंकको अडानपछि बैंकहरु सो रकम फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले २५ बैंकलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिए ।

    बैंक तथा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्छ । उक्त प्रतिवेदन स्वीकृत भएपछि मात्रै लाभांश घोषणा गर्ने र साधारणसभा बोलाउने बाटो खुला हुन्छ । यो वर्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेका बैंकहरूलाई राष्ट्र बैंकले अनधिकृतरूपमा लिइएको ब्याज यकिन गरी फिर्ता गर्ने प्रतिबद्धतापछि मात्रै प्रतिवेदन स्वीकृत गर्ने नीति लिएको हो ।

    हालसम्म २५ वाणिज्य बैंकको लेखापरीक्षण प्रतिवेदन स्वीकृत भइसकेको छ । तीमध्ये सबैले रकम फिर्ताको प्रतिबद्धता जनाएका छन् । कृषि विकास बैंकको भने अहिलेसम्म पनि वित्तीय विवरण स्वीकृत नभएकाले सो बैंकले अनधिकृतरूपमा ब्याज लिए÷नलिएको वा लिएको भए कति लिएको थाहा हुन बाँकी छ । यो समेत गर्दा यस्तो रकम थप बढ्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन बैंकको फिर्ता गर्नुपर्ने रकम कति ?
    राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कअनुसार एउटै बैंकले रु ४८ करोडसम्म बढी ब्याज असुल गरेको पाइएको छ । सबैभन्दा कम ब्याज रकम असुलेको बैंकले पनि फिर्ता गर्नुपर्ने र रु सात करोडभन्दा बढी रकम फिर्ता गर्नुपर्ने अवस्था छ ।

    राष्ट्र बैंकका अनुसार एनआइसी एसिया बैंकले रु ४८ करोड, नबिल बैंकले रु ४७ करोड, ग्लोबल आइएमई बैंकले रु ४५ करोड, सिद्धार्थ बैंकले रु ३३ करोड, बैंक अफ काठमाण्डूले रु ३६ करोड, प्राइम कमर्सियल बैंकले रु २६ करोड, राष्ट्रिय वाणिज्य बैंकले रु २५ करोड तथा कुमारी बैंकले रु २० करोड ब्याज फिर्ता गर्नुपर्ने भएको छ ।

    त्यस्तै सनराइज बैंकले रु १९ करोड, एनएमबि बैंकले रु १६ करोड, नेपाल बैंक, प्रभु बैंक र एभरेष्ट बैंकले रु १५–१५ करोड, लक्ष्मी बैंकले रु १३ करोड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट र सिटिजन्स बैंकले रु १२–१२ करोड, मेगा, सिभिल र सानिमा बैंकले रु ११–११ करोड, एनसिसी बैंकले रु नौ करोड, सेञ्चुरी र नेपाल एसबीआई बैंकले रु सात–सात करोड फिर्ता गर्नुपर्ने देखिएको छ । त्यसमध्ये सबैले उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

    किन फिर्ता भयो लिइसकेको ‘ब्याज’ ?

    बढ्दो आयात र शोधनान्तर घाटाका कारण नेपालको वित्तीय बजारमा लगानीयोग्य पूँजीको अभाव भएको र बजारमा नयाँ पूँजीको माग भए पनि आपूर्ति हुन नसक्दा बजारको ब्याजदरसमेत बढ्दै गएको छ ।

    अहिले वाणिज्य बैंकहरूले मुद्दति निक्षेपमा १२दशमलव१३ प्रतिशत ब्याज दिँदै आएका छन् । विकास बैंकहरूले १२ दशमलव ८५ तथा फाइनान्स कम्पनीहरूले १३ दशमलव ३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सबै प्रकारका संस्थाले रेमिट्यान्स निक्षेपमा थप एक प्रतिशत विन्दुले ब्याज दिँदै आएका छन् । मुद्दति निक्षेपसँगै बचत निक्षेपको ब्याजदर पनि स्वतः बढ्ने कारणले बैंकहरूको लागत बढ्दै गएको छ । यसको प्रत्यक्ष असर आधार दरमा पर्दा बैंकहरूको ब्याजदर बढ्दै गएको हो ।

    आधार दर बढेका कारणले ब्याजदर बढ्नुलाई स्वाभाविक नै मानिन्छ । परिवर्तित ब्याजदर प्रणालीअनुसार ऋण लिएका ग्राहकले बैंकको त्रैमासिक आधार दरमा निश्चित प्रतिशत प्रिमियम थपेर ब्याजदर तिर्नुपर्छ । आधारदर बढ्दा ऋणको ब्याजदर स्वतः बढ्दै जान्छ ।

    तर बैंकहरूले भने बढेको आधार दरमात्रै नभएर प्रिमियमसमेत बढाएर ग्राहकसँग ब्याजदर लिएको भेटिएको छ । यसलाई राष्ट्र बैंकले अनधिकृत भन्दै सम्पूर्ण रकम फिर्ता गर्न भनेको हो ।

    वित्तीय संस्थामा पनि समस्या

    त्यसो त बैँकहरूमा मात्रै नभएर विकास बैंक तथा वित्त कम्पनीमा पनि यस्तै समस्या भए पनि त्यसको यकिन तथ्याङ्क भने छैन । राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले विकास बैंक र वित्तीय संस्थाले बढी प्रिमियम लगाएर ब्याजदर फिर्ता गरे÷नगरेको आफूहरूले हेर्ने गरेको र बढी देखिए फिर्ता गराउने गरेको बताए । यद्यपि बैँकहरूमा जस्तो ठूलो आकार विकास बैंकहरूमा नभएको उनको भनाइ थियो ।

    “वित्तीय संस्थामा पनि यो समस्या नै नभएको भन्ने त होइन तर बैँकहरूको जस्तो ठूलो समस्याचाहिँ छैन”, कार्यकारी निर्देशक भण्डारीले भने, “जुन–जुन संस्थाले ब्याज बढी लिएका छन्, तिनलाई हामीले फिर्ता गर्न भनेका छौँ । सबै संस्था आइनसकेकाले हामीले एकीकृत तथ्याङ्क सङ्कलन गरेका छैनौँ ।”

    हालसम्म सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये सातवटा र १५ फाइनान्स कम्पनी (समस्याग्रस्त बाहेक) मध्ये पाँचवटाको मात्रै वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १ दिन अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १ दिन अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १ दिन अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    १ दिन अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    १ दिन अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १ दिन अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १ दिन अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १ दिन अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १ दिन अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ४

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ५

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ६

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution