• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

१३ मिनेट अघि
२

मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु

१६ मिनेट अघि
३

मन्त्रिपरिषद् बैठक बस्दै

२९ मिनेट अघि
४

सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना

४१ मिनेट अघि
५

बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी

४७ मिनेट अघि
६

भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने

१ घण्टा अघि
७

उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी

१ घण्टा अघि
८

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

१७ घण्टा अघि
९

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

२१ घण्टा अघि
१०

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

२२ घण्टा अघि
११

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१ दिन अघि
१२

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन माघ २८ भित्र गर्ने तयारी

  • 4,496 Views
  • काठमाडौं, पुस १२ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ ।वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।

    संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ ।

    यस निर्वाचनमा सङ्घीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसङ्ख्या अनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्का प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।

    आयोगले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मङ्सिर २९ गते प्रतिवेदन बुझाएको थियो । राष्ट्रपतिको आह्वान बमोजिम दुईभन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

    निर्वाचनमा उम्मेदवार हुन सङ्घीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ
    १३ मिनेट अघि

  • २

    मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु
    १६ मिनेट अघि

  • ३

    मन्त्रिपरिषद् बैठक बस्दै
    २९ मिनेट अघि

  • ४

    सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना
    ४१ मिनेट अघि

  • ५

    बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी
    ४७ मिनेट अघि

  • ६

    भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने
    १ घण्टा अघि

  • ७

    उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी
    १ घण्टा अघि

  • ८

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    १७ घण्टा अघि

  • ९

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    २१ घण्टा अघि

  • १०

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    सहमहामन्त्रीबाट महामन्त्रीतर्फ भूपदेव शाह, आज निर्णय हुने

    नेपाल नक्सा
    ५

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा
    ६

    रोजगार प्रतिबन्ध लेखिएको राहदानी विवादमा,दुई अधिकृत हटाइए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution