
काठमाडौँ ,६ पुस | नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले अब आफू सरकारमा नजाने र दलकै नेता भएर बस्ने प्रयास गर्ने पनि बताएका छन्। उनले भने , ‘म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु’ ।थापाले संसदीय दलको नेताको चुनावमा आफूले पाएको मत अपेक्षाकृत नभएको पनि बताएका छन्।
देउवाले ६४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत पाएका छन्।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे