
काठमाडौँ ,५ पुस | नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।
उनले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली काँग्रेसहरुमा खुशी र उत्साह हुने बताए। महामन्त्री थापाले मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराए। उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए।
संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे