
काठमाडौँ ४ पुस | राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । बिहान ११ बजे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको थियो । संसदीय दलको नेता चयन गर्न महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ ।दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे