
काडमाडौँ , २९ मंसिर | कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गरेको गरेको थियो ।
किलियन एम्बाप्पेले चार खेलाडीलाई बिट गर्दै दिएको पासमा मुआनीले सिङ्गल टचमै गोल गर्न सफल भएका हुन् । अब फ्रान्सले उपाधी जित्नका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।फिफा विश्वकप २०२२ को फाइनल खेल भने आउँदो आइतबार बेलुकी ८.४५ बजे हुनेछ ।
तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच आउँदो शनिवार बेलुकी ८.४५ बजे खेल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे