
काठमाडौँ , २३ मंसिर | कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलका खेलहरु आज (शुक्रबार)बाट सुरु हुँदैछन् । आज (शुक्रबार) राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । आज बेलुकी ८.४५ बजे अल रायन रंगशालामा ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ ।
ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेकाे थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको थियो ।
त्यसैगरी कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ दुईपटकको विश्वविजेता अर्जेन्टिना र नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे