
काठमाडौँ, ४ असोज । नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार आज चढेको पेशी स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ कारण देखाई भोली बुधबारको लागी सारिएको छ ।
भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
रिट निवेदनमा राष्ट्रपति कार्यालय सहित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाइएको छ ।राष्ट्रपति भण्डारीले केही बुँदाहरुमा पुनर्विचार आवश्यक रहेको भन्दै पठाएको नागरीकता विधेयक दुबै सदनबाट पुृन हुबहु पास गरेर प्रमाणिकरणको लागी शितल निवास पठाइएको छ । दोस्रो पटकको प्रमाणिकरण लागी पठाएको विधेयकको समायावधि आज सकिदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे