• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १८, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

१५ घण्टा अघि
२

प्राविधिक समस्याले काठमाडौं–नारिता उडान रद्द, नयाँ तालिका सार्वजनिक

१५ घण्टा अघि
३

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

१७ घण्टा अघि
४

राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार

१८ घण्टा अघि
५

उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज

१८ घण्टा अघि
६

आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने

१९ घण्टा अघि
७

दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार

२0 घण्टा अघि
८

किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन

२0 घण्टा अघि
९

काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह

२१ घण्टा अघि
१०

विपक्षी दलको बैठक बस्दै

२१ घण्टा अघि
११

ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै , को-को सँग हुँदैछ भेट ?

२१ घण्टा अघि
१२

अध्यादेशबारे छलफल गर्न राष्ट्रपतिले बोलाए कानुनविद्

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)

सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

  • 2,686 Views
  • धनुषा, कात्तिक २१   ।  लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रबाेध पण्डित ।

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबाेध पण्डितले व्यावसायिक सयपत्री फूल खेती गर्नुभएको छ । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई फूल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गर्नुभएको थियो । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उहाँले व्यावसायिक फूलखेती सुरु गर्नुभएको थियो । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उहाँले निरन्तरता दिनुभयो ।

    गत वर्ष पाँच जातको सयपत्री फूल खेती गर्नुभएका उहाँले यसपालि ‘मेग्रा’, ‘चिनाचेरी’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा लगाउनुभएको छ । उहाँले गत वर्ष तिहारको समयमा फूल मात्रै रु १० लाखको बिक्री गर्नुभएको थियो । यसपटक पनि तिहारको समयमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको पण्डितले बताउनुभयो । आफूले फूल खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि गाउँका युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने सल्लाह उहाँ दिनुहुन्छ । फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि आफूलाई काम खोज्दै विदेश पनि जान नपरेको उहाँको भनाइ छ ।

    आफूहरु श्रीमान्, श्रीमती र दुई बुहारीसहित फूल खेतीमा लागिरहेको बताउँदै पण्डितकी श्रीमती फुलोदेवीले भन्नुभयो, “जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूलखेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था छ ।” फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको फुलाको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ ।

    रामप्रवोधले यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेर एक बिघा पु¥याएको हँुदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गर्नुभयो । फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आसपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूल खेतीको क्षेत्र विस्तारको योजना रहेका पण्डितले बताउनुभयो । “फूल खेतीबाट हुने आम्दानी राम्रो छ, याममा लाखौँको फूल बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो ।

    उहाँले स्थानीय एभरेष्ट पेपर मिल्सको जागिर छोडेर फूल खेतीमा लाग्नुभएको हो । उहाँले मासिक २५ हजारको जागिर छाड्नु भएको हो । उहाँको परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई हुन्छ । फुलोदेवी भन्नुहुन्छ, “फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्‍य ाे समय बितेको पत्तै हुँदैन ।” व्यावसायिकरुपमा सयपत्री फूल खेती गर्नुभएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।

    तिहारको बेलामा मात्र नभई अन्य समयमा पनि फूलको माग हुने गर्दछ । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको पण्डित बताउनुहुन्छ । “यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ ।”

    पण्डितले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताउनुभयो । “सार्वजनिक कार्यक्रममा अतिथि सत्कारका लागि खादाभन्दा मालाको माग बढ्दो छ,” पण्डितले भन्नुभयो, “उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्‍य ाउनै सकेको छैन ।”

    कृत्रिम फूलका प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गङ्गा यादवले बताउनुभयो । प्रतिमाला २५ देखि ३० रुपैयाँले बिक्री हुने गरेकामा तिहारको अवधिभर २५ हजार फूलको माला बिक्री हुने उहाँको विश्वास छ । यसबाट रु. सात लाखभन्दा माथि आम्दानी हुने उहाँको भनाइ छ ।

    पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पण्डित एक उदाहरण बनेका छन् । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । एक बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍य ा उन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।

    बजारमा मालाको अभाव देखिनु नेपाली किसानले व्यावसायिक रुपमा पुष्प खेती नगर्नुको उपज भएको पण्डितको भनाइ छ । “कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेताला लगाउने गरेको छु”, उहाँले भन्नुभयो, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।”

    कम लगानीमा छिटो र उत्पादन राम्रो हुनाका साथै आम्दानी मनग्य भएपछि पण्डित पुष्प व्यवसायमा आकर्षित हुनुभएको हो । “विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौँ,” उहाँले भन्नुभयो, “फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फूलको खपत पनि हुने भएपछि यसमा लागेका हौँ, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ ।”

    सुरुआत गर्दा आफ्नै चार÷पाँच कट्ठा जमिनमा तीन रुपियाँ गोटाको दरले फूलको बिरुवा किनेर करिब एक हजार पाँच सय जति रोपेर सुरुआत गरेको फूल खेती अहिले एक बिघामा विस्तार गरेको पण्डितको गुनासो राज्यसँग छ । उहाँले आफूहरु जस्तो किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गर्नुहुन्छ । उहाँले प्राविधिक सहयोगका साथै केही अनुदानको बन्दोबस्त राज्यस्तरबाट भए अरू पनि किसान व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुने धारणा राख्नुहुन्छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा
    १५ घण्टा अघि

  • २

    प्राविधिक समस्याले काठमाडौं–नारिता उडान रद्द, नयाँ तालिका सार्वजनिक
    १५ घण्टा अघि

  • ३

    त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
    १७ घण्टा अघि

  • ४

    राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार
    १८ घण्टा अघि

  • ५

    उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज
    १८ घण्टा अघि

  • ६

    आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने
    १९ घण्टा अघि

  • ७

    दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार
    २0 घण्टा अघि

  • ८

    किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन
    २0 घण्टा अघि

  • ९

    काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह
    २१ घण्टा अघि

  • १०

    विपक्षी दलको बैठक बस्दै
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    २

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ३

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    ४

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

    नेपाल नक्सा
    ५

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ६

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution