२०८० आश्विन १७, बुधबार
सन २००२ मा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित बाबा फरीद इष्टीच्यूट अफ टेक्नोलोजी आजको दिन सम्म आइपुग्दा वि एफ आई टि ग्रुप अफ इन्टिच्यूसन्स् को रूपमा बिकसित भएको छ। यसै खुसीयाली शैक्षिक परामर्श ब्यावसायीको माझ सेलिब्रेसन गर्ने उदेश्यले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरीएको छ। वि एफ आई टि ग्रुप अफ इन्टिच्यूसन्स् अन्तर्गत वि एफ आई टि कलेज, किङ्स्टोन इम्पेरियल इष्टीच्यूट, लीब्रा कलेज अफ ल, गुरू नानक कलेज लगायतका शैक्षिक संस्थाहरू रहेका छन्।
अधिकांश शैक्षिक कार्यक्रमहरू हेमवती नन्दन बहुगुणा गढवाल युनिभर्सिटी९ सेन्ट्रल युनिभर्सिटी० र अन्य तीन स्टेट युनिभर्सिटीहरूको एफिलीयसनमा डिप्लोमा, अन्डरग्याजुएट, पोष्ट ग्रयाजुएट र पिएचडी समेत अध्ययन अध्यापन गराउने यस शैक्षिक संस्थाले ए.आई.सि.टि.इ , एन.ए.ए.सि ,एम.एच.आर.डि ,यु.जि.सि लगायतका सबै गुणस्तर मापनका मापदण्ड पुरा गरेको छ। यिनै सफलता प्राप्त गरिएका बिषयका बारेमा शैक्षिक परामर्श ब्यावसायीहरू हरूलाई जानकारी गराउँदै कलेजका रजिष्ट्रार भूपेन्द्रर सिंहले बिसौं बार्षिकोत्सवको अबसरमा वि एफ आई टि ग्रुप अफ इन्टिच्यूसन्सको एजेन्ट अप्रिसिएसन सर्टीफीकेट समेत प्रदान गर्नु भएको थियो।
बिगत डेढ दशकदेखि नेपाली शैक्षिक परामर्श ब्यावसायी हरूलाई बिध्यार्थी भर्नामा सहयोग पुर्याउदै आउनु भएका कलेजका इन्चार्ज, मार्केटिङ् एण्ड इन्टरनेसनल एड्मिसन अजय बरालले शैक्षिक परामर्श ब्यावसायी साथिहरूकै साथ र सहयोगले वि एफ आई टि ग्रुप अफ इन्टिच्यूसन्सले सफलता पुर्वक दुई दसक पार गर्न सफल भएको जानकारी गराउनु भयो । वि एफ आई टि ग्रुप अफ इन्टिच्यूसन्स बाट एक हजार भन्दा बढि नेपाली बिध्यार्थी हरूले पढाइ सकेर देश तथा विदेशमा उच्च तह काम गरीरहेको मा आफु निकै खुशी भएको र भविष्यमा पनि यसै गरि साथ दिइरहने आसा रहेको जानकारी गराउनु भयो । देहरादून पहिले नेपाली राज्य नै भएकोले त्यहाँ नेपाली भाषा अधिकांशले बुझ्ने, नेपाली सस्कृतिको जगेर्ना भएको, नेपाली बिध्यार्थीहरू लाई सुहाउँदो बातावरण र सुपथ मूल्यमा सेन्ट्रल गभर्मेट युनिभर्सिटीको डिग्री प्राप्त हुने हुँदा नेपाली बिध्यार्थी हरूले वि एफ आई टि ग्रुप अफ इन्टिच्यूसन्स मनपराएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे