२०८० आश्विन १४, आईतबार
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले प्रतिसेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २४ गतेसम्म कायम सेयरधनीले युनिलिभर नेपालको नगद लाभांश पाउनेछन्।
अघिल्लो वर्ष ०७६/७७ का लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।
कम्पनीद्वारा प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे