२०८० आश्विन १४, आईतबार
काठमाडौं कोरोनाको कारण हरेक क्षेत्र सुस्ताएको छ ा तेस मध्य सबै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको छ ा पर्यटन क्षेत्र सुस्ताएको समयमा पनि शरद याममा यस वर्ष २७ वटा हिमालहरुले आरोहणका लागि ८१ वटा आरोहणको परमिट पाएका थिए । पर्यटन विभागको तथ्याङक अनुसार भदौ, असोज र कात्तिक महिनामा २७ वटा हिमालहरुले पर्वतारोहणका लागि अनुमति पाएका हुन् ।विभागका अनुसार यस वर्ष ६०१२ मिटरदेखि ८५६५ मिटर उचाइसम्मका हिमालहरुले पर्वतारोहणका लागि अनुमति पाएका हुन् । त्यस्तै, यस वर्ष शिशिर याममा ३ वटा हिमालहरुले आरोहणका लागि अनुमति पाएका छन् । विभागको तथ्याङ अनुसार अनमति पाएका हिमालहरुमा सगरमाथा, मनास्लु र आमाडब्लम हिमाल रहेका छ
भदौ असोज र कात्तिक महिनामा पर्वतारोहणका लागि अनुमति पाएका हिमालहरुमा ६३९२ मिटर उचाइको आमोत्साङ हिमाल, ७१२९ मिटर उचाइको बरुण तेज हिमाल, ६०९६ मिटर उचाइको चान्दी हिमाल, ६३३२ मिटर उचाइको डोल्माखाङ हिमाल, ६७८३ मिटर उचाइको खाङतेगा हिमाल, ६५०० मिटर उचाइको तेङगापोचे हिमाल, ६८१४ मिटर उचाइको अमाडाब्लाम हिमाल रहेका छन् ।
त्यस्तै, ७५५५ मिटर उचाइको अन्नपूर्ण हिमाल, ७३१९ मिटर उचाइको चामलाङ हिमाल, ६६८५ मिटर उचाइको चोबुजे हिमाल, ८१६७ मिटर उचाइको धौलागिरि हिमाल, ६९६६ मिटर उचाइको दोर्जे ल्याक्पा हिमाल, ७०३८ मिटर उचाइको ग्याजीखाङ हिमाल, ७१२६ मिटर उचाइको हिमलुङ हिमाल र ८५८६ मिटर उचाइको कञ्चनजङघा हिमालले यस वर्ष पर्वतारोहणका लागि अनुमति पाएका हुन् ।
त्यसैगरी, अनुमति पाएका अन्य हिमालहरुमा ७७१० मिटर उचाइको कुम्भकर्ण हिमाल, ८२६३ मिटर उचाइको मनास्लु हिमाल, ६५२८ मिटर उचाइको मारियाङ हिमाल, ६०८७ मिटर उचाइको मुकुट हिमाल, ६८८७ मिटर उचाइको पनबरी हिमाल, ६३४८ मिटर उचाइको पोखरखाङ हिमाल, ६५०० मिटर उचाइको पुरुवुङ हिमाल, ७२४६ मिटर उचाइको पुथाहिमचुली हिमाल रहेका छन् ।
तथ्याङक अनुसार ६५२३ मिटर उचाइको सुर्मा सरोवर हिमाल, ६२१५ मिटर उचाइको तेङकोमा पिक, ६०१२ मिटर उचाइको थापा पिक९धम्पुस० र ८५८६ मिटर उचाइको कन्चनजङघा मेन हिमालले पनि भदौ, असोज र कात्तिक महिनामा पर्वतारोहणको लागि अनुमति पाएका हुन ।
नेपाल पर्वतारोहण संघको तथ्याङक अनुसार तीन वटा हिमाल आरोहणका लागि २४ वटा परमिट दिइएको छ । जसमा ४१ जनाले आरोहण गर्नेछन् । संघका अनुसार ६४७० मिटर उचाइको मेरा पिकका लागि ५ वटा परमिट जारी गरेको छ । भने ६१६५ मिटर उचाइको इम्जा तेज पिकका लागि १२ वटा परमिट, ६०९० लोबुजे आरोहणका लागि ७ वटा परमिट दिएको छ ।
मेरापिक आरोहणका लागि ८ जना विदेशीहरुले अनुमतिलिएका छन् । जसबाट ५६० डलर रोयल्टी प्राप्त भएको संघका कार्यकारी अघिकृत कुलप्रसाद राईले बताए । त्यस्तै इम्जा तेज पिकमा १ जना नेपाली र १८ जना विदेशीहरुले आरोहणको अनुमति लिएका छन् । जसबाट १ हजार रुपैयाँ र १२६० डलर रोयल्टी प्राप्त भएको छ । लोबुजे हिमालमा ३ नेपाली सहित ११ जना विदेशीहरुले आरोहण गर्नेछन् । जसबाट ३ हजार रुपैयाँ र ७७० डलर रोयल्टी प्राप्त भएको उनले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे