• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १७, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

७ घण्टा अघि
२

प्राविधिक समस्याले काठमाडौं–नारिता उडान रद्द, नयाँ तालिका सार्वजनिक

७ घण्टा अघि
३

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

९ घण्टा अघि
४

राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार

९ घण्टा अघि
५

उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज

१0 घण्टा अघि
६

आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने

११ घण्टा अघि
७

दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार

११ घण्टा अघि
८

किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन

१२ घण्टा अघि
९

काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह

१३ घण्टा अघि
१०

विपक्षी दलको बैठक बस्दै

१३ घण्टा अघि
११

ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै , को-को सँग हुँदैछ भेट ?

१३ घण्टा अघि
१२

अध्यादेशबारे छलफल गर्न राष्ट्रपतिले बोलाए कानुनविद्

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र १३, आईतबार (४ साल अघि)

यस्तो छ अफगानिस्तानबाट उद्धार उडान भरेका पाइलटको अनुभव

  • 7,722 Views
  • पेरिस । काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तव्यस्त छ । तर विमान चालकका लागि सही समय र यसको सही व्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगान नागरिकलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानीभित्र र बाहिरको उडान सामान्य यात्रा भएको छैन ।

    विमान चालकहरूले उच्च भूभागमा पहाडले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनुपरेको छ ।

    सैन्य विमान र उद्धार उडानको प्रमुख यात्रा केन्द्र भएका कारण आकाशमा हवाई ट्राफिक हुने हुँदा दुर्घटना हुन नदिनु चालकहरूका लागि सहज छैन । पश्चिमी राष्ट्रहरूले सर्वसाधारणको सुरक्षाका लागि दोस्रो विश्वयुद्धपछि सबैभन्दा जटिल उद्धार कार्यलाई बन्द गर्न थालिसकेको बताउने विमानचालकहरूले एएफपीसँग अवतरणका अनुभवहरू बाँडे । गन्जागोल अवस्थाबीच नै उनीहरू काबुल विमानस्थलबाट उडेको अनुभव उनीहरूले बताए ।

    फ्रान्सेली ए–४००–एम सैन्य परिवहन विमानका कप्तान कमान्डर स्टेफनका अनुसार विमानस्थलमा पाँच हजार ८०० अमेरिकी सैन्य अधिकारीहरू तैनाथ छन् । अमेरिकी सेनाले सबै हवाई ट्राफिक नियन्त्रण, विमानस्थल नियन्त्रण, टावर नियन्त्रण, उडान तथा अवतरण तालिकासञ्चालन गरिरहेका हुन्छन् ।

    एएफपीसँग अल–धाफ्रास्थित फ्रेन्च आधार शिविर १०४ (फ्रान्सले प्रयोग गरेको ट्रान्जिट बिन्दु) मा आफ्नो थर नबताउने सर्तमा उनले भने, ‘यो विमानजस्तै हामीलाई हाम्रो प्रणालीले पनि धेरै सहयोग गरेको हुन्छ । हाम्रो अवतरणलाई दृश्यको सहयोगमा अन्त्य गर्छौं ।’

    ‘प्रणालीले हामीलाई धेरै मदत गर्ने हुनाले हामीलाई बाहिर ध्यान केन्द्रित गर्न र खतराको निगरानी गर्न सहयोग पुग्छ,’ उनले थपे, ‘सम्भाव्य क्षेप्यास्त्र आक्रमणबाट ए–४००–एमले प्रक्षेपणलाई छक्याउन तीव्र ताप उत्पन्न गर्ने अवरक्त संकेतहरु खसाल्न सक्छ । धावनमार्ग नजिकै पुग्दा विमान ‘हाम्रो दृष्टिमा आएका दौडानका खतराबाट बच्न’ जमिनतिर तीव्र गतिमा अघि बढ्छ ।’

    आउने र जाने विमानको एयर ट्राफिकलाई ‘पानाको सूत्रबद्ध संगीतजस्तै व्यवस्थित गरिएको स्टेफनले बताए । उनले भने, ‘सबै राष्ट्रबाट आउने जाने विमानका कारण यति धेरै एअर ट्राफिक थियो कि व्यवस्थित नभएको भए उद्धार सम्भव हुने नै थिएन ।’

    विमान चालकहरूले ‘अवतरण र उडेको आधा घन्टा’ मात्र आफ्नो ‘स्लट’को ‘पूर्णतया’ आदर गर्नुपर्ने बताउँदै उनले भने, ‘जमिनमा धेरै जहाजहरू थिए तर ती ‘सुव्यवस्थित’ तवरले उडाइयो ।’

    अगस्ट १५ मा काबुल तालिबान समूहको नियन्त्रणमा गएको थियो । अन्तर्राष्ट्रिय समुदायले अनुमान नगरेको तालिबानको यो गतिले हजारौंलाई शहरको विमानस्थलतिर भीड लाग्न बाध्य बनायो ।

    यो तत्काल देशबाहिर जाने एक मात्र विकल्प थियो । ‘त्यो बिहान यात्रुबाहक विमान अवतरण गर्दा सबै कुरा सामान्य देखिएको थियो,’ पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) का पाइलट मक्सुद बर्जानीले भने, ‘फर्कने उडान सुरु गर्नुपूर्व निर्देशनको प्रतीक्षा गर्दै थियौं । मैले बाहिर त्रास छ भन्ने कुरा थाहा पाउन थालें । स्थिति सामान्य थिएन ।’

    उनी अगाडि थप्छन्, ‘विमानस्थलभित्र धेरै मानिसहरू हतार–हतार गरिरहेका थिए । कतै गोली चलेकोे पनि सुनियो ।’ अर्को विमानलाई पछ्याउन जहाजलाई अगाडि बढाउन थालेका समय नियन्त्रणद्वारा यात्रुको फ्लो बढी भएको बताइएको र विमान अघि नबढाइएको बार्जानीले एएफपीसँग भने । त्यसपछि उनले स्थिति सामान्य नभएकोले अनुमति नपाए पनि उड्नुपर्ने त होइन भनी सहचालकसँग सल्लाह लिएका थिए ।

    ‘एक घन्टा परिस्थिति नियालिसकेपछि मैले विमान उडाएँ । आकाश सफा थियो जसले गर्दा मैले सैन्य ट्राफिक जामबाट बच्न सहज भयो,’ उनले भने, ‘चिनूक, गनसिप हेलिकप्टर र अरू केही मालबाहक विमानहरू आकाशमा देखिन्थे । केही मिनेट ढिला गरेको भए हामी उड्न सक्दैनथ्यौं । त्यो नै उक्त दिनको अन्तिम व्यापारिक उडान थियो ।’

    उनका पिआइए सहकर्मी उजाइर खान सोही दिन केही समयअघि काबुल विमानस्थलबाट उडेका थिए । उनले यात्रुहरूलाई आतंकित अवस्थामा देखेर पनि विमानमा शान्त बन्नुपरेको स्मरण गरे ।

    ‘अधिकांश यात्रु या त राष्ट्रपति असरफ गनीको मन्त्रिमण्डलका सदस्य थिए वा कुनै न कुनै रुपमा अफगान सरकारसँग जोडिएका व्यक्ति थिए । तिनीहरू आफ्नो परिवारसहित देश छोडेर भागिरहेका थिए र हामीलाई सकेसम्म चाँडै भाग्न दबाब दिइरहेका थिए ।’

    ‘त्यहाँ कुनै सञ्चार थिएन र प्राविधिक निर्देशन पनि सबै जिम्मा म आफैंमा निर्भर थियो । परिस्थितिलाई आफैले नियन्त्रणमा राख्न मलाई भनिएको थियो ।’

    उनले भने, ‘यात्रुहरू ‘कुनै पनि हालतमा उड्न र अफगानिस्तानबाट बाहिर निस्कन चाहन्थे र विमान अन्तमा इस्लामाबाद आइपुग्दा बल्ल राहतको अनुभव भयो ।’

    पछिल्ला दिनहरूमा गन्जागोल बढ्यो । रोयल एयर फोर्सले जारी गरेको ब्रिटिश सी–१७ को फोटोमा मानिसहरू सात वा आठ पंक्तिमा भुइँमा बसिरहेका पाइयो ।

    फ्रान्सेली आधार १०४ का कमान्डर कर्नेल यानिक डेबोइसका ले भने, ‘यस्तो वेला विमानचालक तर्कसंगत रहनुपर्छ, धेरै टाढा जान नपर्ने अवस्थामा विमानको प्रदर्शन विश्लेषण गर्नुपर्छ र लिन सक्ने अधिकतम नम्बर मात्र स्वीकार गर्नुपर्छ ।’

    एक फ्रान्सेली ए–४००–एममा सामान्यतया ११० सिट हुन्छ तर यहाँ हामीले २३५ जनासम्म राखियो । यात्रुहरू भुइँमा तर सुरक्षित अवस्थामा बसिरहेका थिए ।
    अमेरिकी सी–१७ विमान ४०० भन्दा धेरै यात्रुलाई भुइँमा राखी बोक्नको लागि डिजाइन गरिएको हुन्छ तर सुरुतिरका उडानमध्ये एउटा उडानले ८२९ बोकेको थियो ।

    डेबोइसले भने, ‘यो तौलसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो र यात्रुहरूको संख्या धेरै भए पनि यसमा थुप्रै केटाकेटीहरू पनि पर्छन् ।

    जमिनबाट उडेपछि भने काम सजिलो हुन्छ । ‘मानिसहरू थकित हुन्छन् । साधारणतया, तिनीहरू सुत्छन् र हामी आफ्नो काम गर्छौं,’ कमान्डर स्टिफनले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा
    ७ घण्टा अघि

  • २

    प्राविधिक समस्याले काठमाडौं–नारिता उडान रद्द, नयाँ तालिका सार्वजनिक
    ७ घण्टा अघि

  • ३

    त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
    ९ घण्टा अघि

  • ४

    राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार
    ९ घण्टा अघि

  • ५

    उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज
    १0 घण्टा अघि

  • ६

    आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने
    ११ घण्टा अघि

  • ७

    दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार
    ११ घण्टा अघि

  • ८

    किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन
    १२ घण्टा अघि

  • ९

    काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह
    १३ घण्टा अघि

  • १०

    विपक्षी दलको बैठक बस्दै
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ५

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    ६

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution