२०८० आश्विन १७, बुधबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार उच्च अंकले घटेको छ ।
आज नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा राेकिएकाे हाे । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँमा पुगेको छ ।
त्यस्तै, १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चार कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको कारोबार भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे