२०८१ श्रावण १२, शनिबार
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन्।
‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भन्नुभयो, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’
नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे