२०८० आश्विन १४, आईतबार
काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ ।
ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय दीपककुमार कार्की र चुमार चुडालको संयुक्त इजलासले सक्कल फाइल मागेको हो ।
निर्वाचन आयोगले ९ भदौमा एमालेले कारवाही गरेका नेपालसहित १४ सांसदको सनाखत गरेको निर्णयको सक्कल सर्वोच्चले फाइल मागेको छ । त्यसैगरी सभामुख सापकोटाले १३ भदौमा एमालेले कारवाही गरेका सांसदको पदमुक्तको सूचना टाँस्न नपर्ने निर्णयको फाइल पनि मागेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश सभामुख घर्तीको निर्णय र प्रदेशसभा सचिवालयबाट ४ भदौमा भएको पत्राचारको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
ओलीको मुद्दामा सोमबार र आज मंगलबार दुइतर्फी बहस भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे