२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यसको लागि शुक्रबार बैठक बस्न लागेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।
दशैं, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाई सेवातर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताए ।
‘वर्षातका कारण स्थलमार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भने,‘त्यसैले यसबारे विस्तृत निर्णय शुक्रबारको बैठकले गर्नेछ । बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’
उनका अनुसार आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाज मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । दशैं, तिहार र छठमा हवाई यात्रुको चाप उच्च देखिने हुँदा थप जहाज थप्नुपर्ने देखिएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे