२०८० आश्विन १७, बुधबार
रोल्पामा लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । पूर्वी रोल्पास्थित सुनिल स्मृति गाउँपालिकाको सुलिचौर–रुइनीबाङमा खाजा पसल गरी बस्ने ३० वर्षीया झलमति बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।झलमति बुढाथोकीको नास्ता पसल थियो । प्रहरीका अनुसार झलमतिलाई गत माघ १८ गते दिउँसो नास्ता पसलबाट पक्राउ गरिएको थियो ।उनको साथबाट ब्राउन सुगर ११ पुरिया २ सय ४० मिलिग्राम र चरेस ६४ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनलाईलाई नियन्त्रणमा लिई लागूऔषध कारोबार सम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे