
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध चलिरहेको सैन्य कारबाही चाँडै अन्त्य हुने बताएका छन्। ह्वाइट हाउसमा बोल्दै उनले अमेरिका अब छिट्टै इरानबाट बाहिरिने र त्यसपछि तेलको मूल्य पनि घट्ने दाबी गरे।
यो कारबाही करिब एक महिनादेखि चलिरहेको छ। यसअघि अमेरिका ४–६ हप्तामा सक्ने योजना थियो, तर ट्रम्पले अब केही दिन वा दुई हप्ताभित्रै मिशन पूरा हुने बताएका छन्। उनले इरानले आणविक हतियार बनाउन नसक्ने गरी क्षमता कमजोर बनाइएको पनि बताएका छन्।
ट्रम्पले इरानमा “शासन परिवर्तन” भएको दाबी गर्दै अमेरिका सुरक्षित रहेको बताएका छन्। साथै, इरानले वार्तामा आए राम्रो हुने, नआए पनि अमेरिका फर्किने स्पष्ट पारेका छन्।
तेल आपूर्ति हुने महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यको विषयमा पनि उनले अमेरिका जिम्मेवार नभएको बताएका छन्। अन्य देशले आफ्नो तेल आफैं सुरक्षित गर्नुपर्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे