२०८१ बैशाख १८, मंगलबार
काठमाडौँ, वैशाख ५ । एसीसी प्रिमियर कपमा आज नेपालले अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपाल अहिलेसम्म अपराजित बन्दै सेमी फाइनलमा पुगिसकेको छ । लगातार तेस्रो जित निकाल्दै नेपाल एक खेल अगावै एसीसी प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइन नजिक पुगेको हो । नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङकङ पाँचौँ स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो । आजको यो खेलमा हार वा जितले नेपालको अघिल्लो यात्रामा कुनै फरक पर्ने छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे