२०८० मंसिर १७, आईतबार
काठमाडौं, १४ जेठ – नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखने वस्तु १ थानसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१८ धरमपुर बस्ने ६५ वर्षीय होम बहादुर विक, ४३ वर्षीय कृष्ण बहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा वुझाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे