२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, ०१ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा आज काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै गुनासाहरू यथोचित ढङ्गले सम्बोधन हुने बताए । नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै सङ्गठन बलियो हुने उनले बताए । राष्ट्रसेवकहरू , सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस् भने र आफु लागेको उनले बताए ।
उनले भने सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस् । सुरक्षामा पनि बल मिल्छ, रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू २४ सै घण्टा खुलेका छन् । अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु । त्यस कारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन् ।
उनले सवारी चालक, यात्रु, पैदलयात्री र ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँडेका थिए । उनले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र ड्युटीमा रहेका प्रहरीहरूलाई नागरिकसँग सभ्य व्यवहार गर्न अनुरोध गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे