२०८१ बैशाख २३, आईतबार
काठमाडौं १३ वैशाख। इन्टरनेसनल करिअर काउन्सिलिङ सेन्टर आई सि सि सि ले इन्फरमेसन सेसन सम्पन्न गरेको छ । अप्रिल २४ तारिकका दिन पुतली सडक कार्यालयमा आयोजित उक्त इन्फरमेसन सेसनमा मा क्यानडाको द युनिभर्सिटी अफ विनीपेग को बारेमा विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
कार्यक्रममा द युनिभर्सिटी अफ विनीपेगकी स्टुडेन्ट रिक्रृप्मेन्ट डि रेक्टर एस्ले डनलोपको उपस्थितीमा विद्यार्थीहरुलाई , उपलब्ध कोर्स, फयासीलीटीज, अप्लाई प्रोसेस, स्कलर सीप तथा अध्यापन पश्चातको विभिन्न अवसरहरुको बारेमा शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । उनीहरुले शैक्षिक गन्तव्य क्यानडामा रहेको उत्कृष्ट कलेजको बारेमा बुझने अवसर प्रदान गरेकोमा आई सि सि सि लाई धन्यवाद व्यक्त गरेका थियो ।
कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएकोमा आई सि सि सि ले उपस्थिती सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे