
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आजको संसद बैठकमा नबोल्ने भएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ । हिजो संसद बैठकमा सांसदहरुले समेत उक्त विषय उठाएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३ \ ८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे