
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गरिनेछ । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा सदस्यहरूबीच छलफल हुने कार्यसूची तय गरिएको छ ।
त्यसैगरी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम रहेको छ भनिएता पनि प्रधानमन्त्री वालेन्द्र शाहले आज संसद् सम्बोधन नगर्ने । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको उत्तर डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी गरिएको छ । । छलफल सम्पन्न भएपछि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ ।
अन्त्यमा सम्माननीय सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ सभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे