
काठमाडौं , २१ चैत | आज मङ्गलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन् ।
उपराष्ट्रपति यादवले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले भने , ‘‘कुनै पनि संस्थाको अविरल गतिले सञ्चालन हुँदै ५४ वर्ष पूरा गर्नु आफैँमा गर्वको विषय हो । भगवान् महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आजपनि उत्तिकै सान्दर्भिक छन् ।’’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे