२०८० आश्विन १४, आईतबार
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज आठ जना मन्त्री नियुक्त गरेका छन्र। ।अबको केहि बेरमा उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनु हुनेछ ।कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम नियुक्त भएका छन् ।
सामाजिक विकासमन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा खिनु लङ्वा लिम्बु र सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरे नियुक्त भएका हुन् ।खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा उपनेता रामकुमार राई, कृषिमन्त्रीमा झलकबहादुर मगर नियुक्त भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे