
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा आजदेखि देशभर एकैपटक सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार बिहान ८ बजेदेखि परीक्षा सञ्चालनमा आएको हो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ भने परीक्षा चैत २९ गतेसम्म जारी रहनेछ ।
यस वर्ष कुल पाँच लाख १२ हजार ४२१ जना परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी रहेका छन् । परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ, जसअनुसार दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन देशभरका विभिन्न केन्द्रहरूमा सुरक्षा र अनुगमन व्यवस्था कडा पारिएको छ । यस वर्ष जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी सहभागी भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे