• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

३ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

३ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

६ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

६ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

७ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

७ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

८ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

८ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

९ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

९ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

९ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० अषाढ ३०, शनिबार (२ साल अघि)

श्रमिकको न्यूनत्तम तलव साउनबाट वढाउन सिफारिस

  • 3,047 Views
  • काठमाण्डौ ३० असार ।सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्ने गरी सिफारिस गरेको छ ।

    सरकारले श्रमिकहरुको न्यूनतम ज्याला बढाउने नीति लिएपछि मन्त्रालयले सुझाव समिति गठन गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत श्रमिकको ज्याला वढाउने नीति लिएको घोषणा गरेपछि मन्त्रालयले सुझाव समिति बनाएको थियो ।

    सुझाव समितिमा मन्त्रालयका सहसचिव घिमिरेका अलावा संयुक्त ट्रेड युनियन महासंघका ३ जना, निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका ३ जनाको सहभागिता रहेको थियो । नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको समितिले मुद्रास्फिति दरको आधार बनाएर कम्तिमा पनि श्रमिकको ज्याला बढाउनुपर्ने सुझाव दिएको छ ।

    ट्रेड युनियनहरुले कम्तिमा पनि श्रमिकको न्यूनत्तम तलव २५ हजार हुनुपर्ने माग गरेका छन् भने उद्यमी व्यवसायीहरुले तलव बढाउन सकिने अवस्था नरहेको बताउँदै आएका छन् । श्रमिक संगठन र उद्यमीहरुले आ-आफ्नो अडान नछोडेपछि समितिले सवैको कुरा समेटेर विभागीय मन्त्रीलाई प्रतिवेदन दिएको छ ।

    समितिका संयोजक एवम सहसचिव घिमिरेले न्यूनत्तम तलव कति पुग्यो भनेर भनिहाल्न नमिल्ने बताए । उनले भने,‘ भोलि यसको विरोध आउन सक्ने भएकाले मन्त्रीस्तरीय निणर्य नभएसम्म यसलाई गोप्य नै राखिएको छ । ’

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता समितिका सभापति ज्योत्सना श्रेष्ठले देशभरीका उद्यमी व्यवसायीहरुले तलव बढाउन सक्ने अवस्था नरहेको भने तर्कहरु पेश गरेकाले न्यूनत्तम तलव बढाउन हतार गर्न नहुने बताए ।
    कोरोना र युक्रेन युद्धलगायतका कारणले आर्थिक मन्दी छाएको अवस्थामा तलव बढाउनु भनेको उद्योगमा ताला लगाउनु भन्नु सरह भएकाले अझै पनि अर्थतन्त्र सामान्यकरण नभएसम्म तलव वृद्धि गर्न नहुने उद्यमीहरुको तर्क रहेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति श्रेष्ठले भनिन्,‘हामी अझै पनि ट्रेड युनियनहरुसँग छलफल गरिरहेका छौं । छलफलको निचोडले मात्र न्यूनत्तम ज्याला तय हुनेछ ।’

    नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले आर्थिक मन्दी छ भन्दैमा श्रमिकले जीवन यापन नै गर्न नसक्ने स्थिति पैदा गर्न नहुने बताए । उनले भने,‘ उत्पादनको र सेवाको वृद्धि हुने अनि श्रमिकको ज्याला भने नवढ्ने कुरै हुँदैन नि। जीवन यापन गर्न सक्ने गरी सरकारी कर्मचारीको न्यूनत्तम तलवसम्म त पुर्‍याउनुपर्‍यो नि । ’

    उनका अनुसार सरकारी समितिले सुझाव दिंदैमा त्यो मान्य हुँदैन । रोजगारदाता र ट्रेड युनियनबीच सम्झौता भएपछि सरकारले लागू गर्नैपर्ने उनले बताए । न्यूनत्तम तलव वृद्धिमा सरकारले सहजीकरण मात्र गर्ने हो । सरकार, रोजगारदाता र श्रमिकवीच त्रिपक्षीय सम्झौता होस् भनेर चाहेको उनले स्पष्ट पारे ।

    श्रम र श्रमिकको कभर हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण एवम् कार्यान्वयममा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली लागू गर्नुपर्ने तर्क कुँवरको रहेको छ ।
    साउन १ देखि श्रम सहसचिव डण्डुराज घिमिरेले पेश गरेको सिफारिसमा सरकारले यसअघि बढाएको पारिश्रमिक वृद्धि दर, मुद्रास्फीति, मूल्य सूचकांकलगायतलाई आधार बनाएर पारिश्रमिकको निर्धारण गरिएको छ ।  उनले भने, ‘हामीले न्यूनतम ज्याला निर्धारण गर्ने होइन, २ वर्षदेखि श्रमिकको ज्याला बढेको छैन्, २ वर्षसम्मको महँगी लगायतका आधारमा हामीले ज्याला बढाउनुपर्ने सिफारिस गरेका हौँ।’

    श्रम ऐनबमोजिम प्रत्येक दुई वर्षमा पारिश्रमिक बढाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले दुई वर्षअघि अर्थात २०७८ को साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ बनाएको थियो ।

    त्यसबेला श्रमिकको न्यूनतम पारश्रमिक १३ हजार ४५० रुपैयाँ रहेकोमा त्यसमा १ हजार ५५० रुपैयाँ बढाएर १५ हजार बनाएको थियो । जसमा आधारभूत पारिश्रमिक ९ हजार ३८५ मा ५ हजार ६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्‍याइएको थियो ।

    अहिले भने २०७८ सालमा बढाईएको पारिश्रमिकलाई आधार बनाएर मन्त्रालयले न्यूनतम १७ हजार रुपैयाँ बनाउने गरी सिफारिस गरिएको बताइएको छ ।साउनदेखि सरकारले न्यूनतम पारिश्रमिक बढाउने तयारी गर्दा निजी क्षेत्रका उद्योगी व्यवसायी भने तत्काल नबढाउने दबाब दिदै आएका छन् ।

    निजी क्षेत्रका व्यवसायीले विरोध गरेता पनि श्रम ऐनमा भने प्रत्येक २/२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने उल्लेख छ । श्रमिकहरु भने न्यूनतम पारिश्रमिक वढाउन आन्दोलित भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले ७७ ओटै प्रमुख जिल्ला अधिकारी र ७ ओटा प्रदेशमा पारिश्रमिक बढाउन ज्ञापन पत्र दिइसकेको छ । आइतवार उनीहरु माइतीघर मण्डलाबाट दबाबमुलक र्‍याली गर्ने तयारीमा छन् ।

    रोजगारदाताले श्रमिकलाई कानुनअनुसारका अन्य सेवा-सुविधासमेत दिनुपर्ने कानुनी प्रावधान रहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चय कोष र उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने कानुनमा उल्लेख छ ।

    हाल श्रमिकको आधारभूत तलब मासिकतर्फ ९ हजार ३ सय ८५ रुपैयाँ, दैनिकतर्फ  ३ सय ६१ रुपैयाँ र प्रतिघन्टातर्फ ४८ रुपैयाँ रहेको छ । यसैंगरी श्रमिकले मासिकतर्फ ५ हजार ६ सय १५ रुपैयाँ, दैनिकतर्फ २ सय १६ रुपैयाँ र प्रतिघन्टातर्फ २९ रुपैयाँ महँगीभत्ता प्राप्त गरिरहेका छन् ।
    उद्यमी व्यवसायीहरु खाइपाई आएकै तलब दिन गाह्रो भइरहेका वेला तलब बढाउन सकिने अवस्था नरहेको बताउँछन् । उनीहरु भन्छन् , ‘उद्योग, कलकारखाना नै बन्द हुन थालेका छन्, आगामी दिन के कस्तो हुने भन्ने अन्योल छ ।’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    ३ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    ३ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ६ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ६ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ७ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    ७ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ८ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ८ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ९ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution