
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसहितका नेताहरू सिन्धुलीको जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन्। उनीहरू १२ घण्टादेखि त्यहीँ बसेर विरोध गरिरहेका छन्।
यो धर्ना २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा न्याय माग्दै गरिएको हो। श्रीकृष्ण सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का बासिन्दा थिए। उनका परिवारले उनलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन्।
धर्नामा सांसदहरू रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत अन्य व्यक्ति र स्थानीय बासिन्दाहरू पनि सहभागी छन्।
श्रीकृष्णले केही समयअघि खोटाङकी १७ वर्षीया किशोरीसँग अन्तरजातीय प्रेम विवाह गरेका थिए। सोही घटनापछि पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखिएको थियो, जहाँ उनको मृत्यु भएको हो। अहिले यस घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे