
काठमाडौँ । श्रम संस्कृति पार्टीले सरकारले सुकुम्बासी बस्ती हटाउने कदमप्रति आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै यस्तो काम संविधानको भावना विपरीत भएको बताएका छन्।
उनका अनुसार सुकुम्बासीलाई बिना तयारी र व्यवस्था हटाउनु गलत हो। बरु सरकारले पहिले उचित क्षतिपूर्ति दिनुका साथै पुनर्वासको व्यवस्था गर्नुपर्छ, त्यसपछि मात्र कुनै कदम चाल्नुपर्ने उनको सुझाव छ।
साम्पाङले गरिब र सुकुम्बासीको जीवन निकै कठिन हुने भन्दै शासकहरूले उनीहरूको पीडा नबुझेको आरोप लगाए। चुनावका बेला गरिएका वाचा पनि बिर्सिएको उनले बताएका छन्।
उनले भने कि सुकुम्बासीहरू पनि नागरिक हुन् र उनीहरूलाई सम्मानपूर्वक बाँच्ने अधिकार संविधानले दिएको छ। तर व्यवहारमा उनीहरूको घर भत्काइँदा ठूलो अन्याय भइरहेको उनको भनाइ छ।
साम्पाङले सरकारलाई गरिबको पक्षमा काम गर्न आग्रह गर्दै, उनीहरूको समस्या बुझेर समाधान गर्नुपर्ने बताए। उनले सरकार जनताको सेवाका लागि हुनुपर्ने, विशेषगरी गरिब र कमजोर वर्गलाई सहयोग गर्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे