
काठमाडौँ , चैत ११ । गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् ।आईतवार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा पुगेका हुन् ।
उनले गोरखा दरबारको अवलोकन गर्नुका साथै गोरखकाली मन्दिरमा पुगेर पुजा अर्चना पनि गरेका छन्।फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न गोरखा पुगेका हुन् ।
भ्रमणका क्रममा उनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे