• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २७, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?

१ दिन अघि
२

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

१ दिन अघि
३

कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति

१ दिन अघि
४

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

१ दिन अघि
५

गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न

१ दिन अघि
६

नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की

१ दिन अघि
७

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

१ दिन अघि
८

अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

१ दिन अघि
९

आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन

१ दिन अघि
१०

नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम

१ दिन अघि
११

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ उपकुलपति, शपथ ग्रहण सम्पन्न

१ दिन अघि
१२

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती

  • 3,889 Views
  • पोखरा  ,२१ भाद्र। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् ।

    विमानस्थलको पूर्वाधार निर्माणका काम सकिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ जनवरी १ अर्थात् आगामी पुस १७ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । क्यानले विमानस्थल सञ्चालनको निर्णय गरे पनि पोखरेलीले भने विमानस्थल तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशङ्का व्यक्त गर्दछन् । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान र नजिकको ल्याण्डफिल साइट नहट्दासम्म विमानस्थल सञ्चालनमा आउन नसक्ने भएकाले यो आशङ्का गरिएको हो । तर डाँडा कटानको काम भने अघि बढिसकेको छ ।

    क्यानले केही दिनअघि विमानस्थल छेउको रिठेपानी डाँडा कटानका लागि बोलपत्र आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो । अबका तीन महिनाभित्र कटानको काम सकिने बताइएको छ । डाँडा कटानका लागि ठेक्का आह्वान गरिएकाले विमानस्थल सञ्चालनको आशङ्का केही हटे पनि अर्को प्रमुख समस्या रहेको ल्याण्डफिल साइट स्थानान्तरणको चुनौती भने बाँकी नै छ । पोखरा–१४ बाच्छेबडुवामा रहेको ल्याण्डफिलमा पोखराको फोहरमैला व्यवस्थापन हुँदै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैपर्ने स्थानको फोहरमैला नहटाउँदासम्म विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन । विमानस्थल निर्धारित मितिमा सञ्चालनका लागि ल्याण्डफिल साइट स्थानान्तरण अहिले प्रमुख समस्याका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

    आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थल सञ्चालनका लागि अवरोधका रुपमा रहेको रिठेपानी डाँडा कटानको प्रक्रिया सुरु भएर कामका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए । हवाइ सुरक्षाका लागि विमानस्थल छेउको डाँडा ४० मिटर कटान गर्नुपर्नेछ । पछाडिको ४० मिटर र अगाडिको १२ मिटर डाँडा कटान गरे पुग्नेछ । सो डाँडा १४ मिटर काटेपछि क्यालिब्रेशन र परीक्षण उडान गर्न सकिने बताइएको छ ।

    आयोजना प्रमुख मुनकर्मीले भने, “डाँडा कटानका लागि बोलपत्र आह्वानपछि एयरपोर्ट सञ्चालन थप सुनिश्चित भएको छ । विमानस्थल सञ्चालनअगावै कटानको सबै काम सम्पन्न हुनेछ, अब सञ्चालनमा कुनै अवरोध नआउने विश्वास छ ।” अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोहीअनुसार रिठेपानी डाँडा कटान गर्न लागिएको हो । सो वनमा रहेका छ सय रुख कटान गर्नुपर्ने देखिएको छ ।

    ल्याण्डफिलका कारण विमानस्थल नजिक चराचुरुङ्गीको आवागमन भइरहने हुँदा यसबाट हवाई सुरक्षामा जोखिमको खतरा रहन्छ । यसैकारण क्यानले तोकेको मितिमा विमानस्थल सञ्चालनका लागि नजिकको ल्याण्डफिल साइट हटाउनु आवश्यक छ । त्यसैले हवाई सुरक्षा मापदण्डअनुसार विमानस्थलको १२ देखि १४ किमी क्षेत्र नजिक ल्याण्डफिल र तीन किमीभित्र पशु वधशाला रहनुहुँदैन । हाल सञ्चालनमा रहेको ल्याण्डफिल त्यहाँबाट हटाउने प्रमुख जिम्मेवारी पोखरा महानगरपालिकाको हो ।

    विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले पोखरा महानगरले विमानस्थल सञ्चालनअगावै ल्याडफिल हटाउने प्रतिबद्धता जनाएको बताए । उनले भने, “क्यालिब्रेशन र टेष्ट फ्लाइटका लागि समस्या नभए पनि विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल नहट्दासम्म यहाँबाट उडान हुँदैन । महानगर प्रमुखले यसलाई व्यवस्थापन गर्ने वचन दिनुभएकाले समयअगावै हट्छ भन्ने विश्वासमा छौँ ।” पोखरा महानगरपालिकाले विमानस्थल सञ्चालनलाई सहज बनाउन ल्याण्डफिल हटाउन अग्रसर देखिए पनि काम भने अगाडि बढन नसक्दा नतिजा हासिल हुन सकेको छैन । महानगरले ल्याण्डफिल साइट बनाउन विभिन्न ठाउँमा जमिन हेरेपनि स्थानीयको विरोध आउने गरेको छ ।

    एक वर्षअघि नै महानगरले पोखरा–१६ र २० को सिमाना पस्मराङमा फोेरमैला व्यवस्थापनस्थल बनाउने निर्णय कार्यपालिकाबाट गरेको थियो । सो निर्णय लगत्तै स्थानीयको विरोध सुरु भएपछि महानगर पछि हट्नु परेको थियो । त्यसपछि गत वैशाखमा पुनःमहानगरले पोखरा–३३ भरतपोखरीमा ल्याण्डफिल बनाउने निर्णय गरेर पूर्वाधारका लागि चालू वर्षमा रु १० करोड बजेट विनियोजन गरेपनि त्यहाँ स्थानीयले विरोध जनाइरहेका छन् ।

    महानगर फोहरमैला व्यवस्थापनको अध्ययनमा विदेशसम्म

    ल्याण्डफिल साइटकै कारण अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएपछि पोखरा महानगर पछिल्लो केही सातादेखि फोहर व्यवस्थापनका उपायमै खोजीमा विदेशसम्म पुगेको छ । महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा प्राविधिकसहितको टोलीले छिमेकी मुलक भारतसम्म पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा अध्ययन अवलोकन गरेको हो ।

    महानगरले गत साता भारतका नयाँदिल्ली, गाजियावादलगायतका विभिन्न स्थानमा रहेका चार वटा ‘प्लान्ट’मा गएर फोहर व्यवस्थापनको अवलोकन गरेर फर्किएको छ । अध्ययनका लागि टोली भदौ अन्तिम साता पुनः भारतको बैँङ्लोर जाने तयारीमा रहेको छ । देशभित्र पनि फोहर व्यवस्थापनमा नमुनाका रुपमा लिइएको धरान, हेटौंडालगायतका स्थानको अवलोकन गरिएको महानगरले जनाएको छ । विभिन्न स्थानमा गरिएको अवलोकनबाट फोहरको वर्गीकरण गरी कतै ग्यास, बिजुली, प्रारङ्गारिक मल, प्लाष्टिकबाट खानेपानीको पाइप निर्माणलगायतका उद्योग स्थापना गरिएकाले पोखरामा कसरी गर्न सकिन्छ भनी अध्ययनमा टोली लागेको हो ।

    महानगर प्रमुख आचार्यले ल्याण्डफिल्डको दिगो व्यवस्थापन गरी उपयुक्त निकास खोजिने बताए । पोखरामा हाल रहेको ल्याण्डफिल २०औँ वर्षलाई पुग्ने र पोखराको फोहर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुनै चिन्ता नभएपनि विमानस्थलका लागि अहिले नयाँ खोजी गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भने, “आज अवस्था फेरिएको छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि हाल सञ्चालनमा रहेको स्थानबाट ल्याण्डफिल्ड अन्यन्त्रै सार्नुपर्ने भएको छ, हामी उपयुक्त विकल्प खोजिरहेका छौँ, यसका लागि विभिन्न ठाउँमा प्राविधिक सहित अध्ययन पनि गरिरहेका छौँ ।”रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?
    १ दिन अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग
    १ दिन अघि

  • ३

    कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति
    १ दिन अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग
    १ दिन अघि

  • ५

    गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न
    १ दिन अघि

  • ६

    नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की
    १ दिन अघि

  • ७

    अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी
    १ दिन अघि

  • ८

    अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु
    १ दिन अघि

  • ९

    आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन
    १ दिन अघि

  • १०

    नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित

    नेपाल नक्सा
    २

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    ३

    जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी

    नेपाल नक्सा
    ४

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

    नेपाल नक्सा
    ५

    डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल

    नेपाल नक्सा
    ६

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution