
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनको समाधानका उपायबारे छलफल गर्न आज उपकुलपतिहरूसँग बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बस्ने उक्त बैठकमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई आमन्त्रण गरिएको छ ।
छलफलमा उच्च शिक्षाका क्षेत्रमा देखिएका संरचनात्मक, प्रशासनिक तथा शैक्षिक चुनौतीहरूबारे विस्तृत विमर्श गरिनुका साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा केन्द्रित निर्णय लिने अपेक्षा गरिएको छ ।
बैठकमा देशका प्रमुख विश्वविद्यालयहरू तथा स्वास्थ्य, विज्ञान र प्रविधिसम्बन्धी प्रतिष्ठानका नेतृत्वकर्ताहरू सहभागी भई समग्र शैक्षिक सुधार र व्यवस्थापन सुदृढीकरणका उपायहरूबारे धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे