२०८० आश्विन ११, बिहिबार
काठमाडौं । नेपालमा दिनदिनै बिरामीहरुको बढ्दो चाप सँगै औषधिको पनि माग बढिरहेको छ। औषधि बजारमा लगानी कर्ताहरुको पनि निकै आकर्षित भएका छन्।
रोजगारी नेपालमा बढ्दै जाँदा बिएस्सी, एमएस्सी, बि फार्मा, एम फार्मा र एमबिए लगायतका हरुलाई आकर्षक पेशाको रूपमा औषधि बजारले आकर्षण तुल्याइदिएको छ। फिक्स तलबमा काम गर्ने र अन्य पेशाको जागिर भन्दा यसमा तलब भत्ता, बोनस देश बिदेश घुम्ने कार्यक्रम पाउँदा बजार प्रतिनिधि बढी आकर्षित भएका छन्।
औषधि जहिल्यै पनि प्रयोग आईरहने हुनाले नियमित रोजगारीको कारण र यसको बजार कहिले नघट्ने हुनाले यस प्रति झन आकर्षण हुन थालेका हुन। समयमै तलब बोनस तथा भत्ता आइराख्ने हुन्छ।
केहि मानिस जसलाइ यो पेसा प्रति कम ज्ञान छ उनिहरु औसधि बेच्ने, ओसारपसार गर्ने काम हो भन्ने भ्रममा पनि छ्न । यो पेसामा रहेर प्रमुख गर्नुपर्ने काम भनेको ब्राण्ड प्रमोसन नै हो , रोजगारि तथा श्रम मन्त्रालयले यो पेसा लाई उचित स्थान दिनुपर्ने औषधि प्रतिनिधिहरुको गुनासो पनि रहेको छ। साइन्स, कमर्स ग्राजुएट्सहरु आजकाल धेरै बिदेश पलायन भइरहेको र देशमा केहि छैन भन्नेहरु जो पढेर र जागिरकै लागि मात्र युरोप अमेरिका तथा अस्ट्रेलिया तिर जाने गर्छ्न। उनिहरुलाई यो पेसाले चुनौति दिन सक्छ । मेहनति र जागिर बाट पैसा आर्जन गर्न खोज्नेहरुलाई यो पेसा अति उत्तम पेसामा रहेको पाइएको छ ।
युरोप अमेरिका तिर यो पेसालाइ अत्यन्तै महत्वपुर्ण स्थान दिइएको छ तर यहाँ अझै पनि यो पेसा प्रति सबैको आकर्षण दिलाउनु जरुरी छ । यो पेसामा आइपर्ने समस्याहरुलाई कम्पनि तथा NMSRA , PEAN मिलेर सुल्झाउने गर्छ्न । अन्य सामानहरु प्रमोट गरे जस्तो यो होइन, औसधि जस्तो महत्वपुर्ण कुरा जुन स्वास्थ्य र जिवन सङ्ग सिधैं आबद्द हुने हुदा यो पेसामा रहेर आफुले प्रमोट गर्ने औषधिको सहि र सत्य तथ्य जानकारी स्वाथ्यकर्मीहरु सामु पुर्याउनु अत्यन्त आवस्यक छ । जसको लागि फार्मा कम्पनिहरुले आफ्ना प्रतिनिधिहरुलाई पटक पटक तालिम दिने गर्दै आइरहेका छ्न र अझै दिनुपर्छ ।
लामो समय आबद्द हुन चाहने र भैरहेका हरुलाई कम्पनिले फार्मा मार्केटिङ्ग कोर्सहरु गराउन प्रोत्साहन तथा सहयोग गरे अझै यो पेसा मर्यादित हुन सक्छ ।
लेखक :
सुदिप ज्ञवाली
सिनियर औषधि बजार प्रबन्धक
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे